स्ट्रेंन्थ टुगेदर २— सत्र ६

सेप्टेम्बर २०२०
छैटौं सत्रसम्म आउने स्ट्रेंन्थ टुगेदर बिभिन्न मानसिकता र पृष्ठभूमिका केटीहरु र युवतीहरुका लागि आफ्नो विचारहरु, कथाहरु, धारणाहरु र परिप्रेक्ष्य व्यक्त गर्नको निम्ति भर्चुअल परिवार भएको छ । यो एक भर्चुअल प्रोग्राम हो, जुन नेपालमा भएका युवा संगठनको व्यक्तिगत र व्यावसायिक विकासमा केन्द्रित, लोकोपकार नामक संस्थाको सहयोग द्वारा संचालन भइआएको छ । यस संस्थाले युवा केटीहरुलाई आफैलाई राम्रोसँग बुझ्न र व्यक्तिगत रुपमा बढ्नको लागि मंच सिर्जना गरेको छ ।
पाँच सत्रको सफल समापनपछि, ५ सेप्टेम्बर साँझको ४ः३० बजे, हामीले एउटा छलफलको सत्र संचालन गर्यौँ जहाँ हामीले “मलाई निराशा महसुस भएको समयको” विषयमा विचार व्यक्त ग¥यौँ । यो करिब ७० मेनेटको लामो सत्र थियो, जहाँ २५ केटीहरुको सक्रिय सहभागिताको साथ भएको थियो । हामीसँग पहिलो टोलीबाट २ जना पाहुनाहरु पनि सहभागी हुनुभएका थिए ।
आफ्ना कथाहरु साझेदारी गर्ने हामीसँग ५ जना सहभागीहरु थिए । प्रत्येक सहभागीको कुरा सुनेपछि हाम्रो मध्यस्थले पनि उहाँको कथा साझा गर्नुभयो जसले सत्रमा भावनात्मक वातावरण ल्यायो ।
–हाम्रो पहिलो वक्ताले उनी अध्ययनको लागि घरबाट टाढा हुँदाको समयको उनको कथा साझा गरिन् । यसले उनलाई एक्लो महसुस गराएर उनको मुडमा परिवर्तनहरुको अनुभव गरायो । उनले भनिन् कि घर टाढा हुँदा भिन्न क्षणहरुमा उनले निकै निराशा भएको महसुस गर्ने गर्थिन् ।
–हाम्रो दोस्रो वक्ताले चाहिँ आफ्नो साथीहरुसँग रहने योजना बनाउँदा अक्सर आमाबुबाबाट भएको आलोचनाको कारण दुखी महसुस भएको बताउँछिन् ।
–हाम्रो तेस्रो वक्ताले चाहिँ उनको हाकिमद्वारा आफ्ना शब्दहरुको गलत अर्थ लगाइएको समयको कथा साझा गरिन् । हाम्रो वक्तालाई उनको हाकिमद्वारा आफ्नो कामप्रति लगाईको परिश्रमको आदर नपाउँदा निकै निराशा महसुस भएको रहेछ ।
–हाम्रो चौथो वक्ताले चाहिँ उनको बढ्ता सोच्ने व्यवहारको कारण निराशा महसुस भएको बताइन् । अझ अस्वच्छ वातावरण देख्दा खेरी पनि उनी निराशा महसुस गर्ने गर्छिन् ।
–हाम्रो पाँचौं वक्ताले चाहिँ परिक्षामा कम अंक ल्याएको कारण शिक्षकद्वारा भएको आलोचनाको सामना गर्नु पर्दाको समयको कथा साझा गरिन् । अझ उनले यो पनि भनिन् कि उनले आफ्ना आशाहरु पुरा नहुँदा निराशा भएको महसुस गर्ने गर्छिन् ।
सबै कथाहरु सुनेपछि हाम्रो मध्यस्थले पनि आफू निराशा महसुस भएको समयको उहाँको आफ्नो कथा पनि साझा गर्नुभयो जब उहाँले आफुलाई पहिले भन्दा अझ बलियो भएको अनुभव गर्नुहुँदो रहेछ । उहाँले आफ्नो दुःखलाई कसरी सामना गर्ने भनेर पनि व्याख्या गर्नुभयो । उहाँका शब्दहरुले र कथाले हामीलाई निराशा महसुस हुनु सामान्य कुरा हो र यसलाई कसरी सकरात्मक तरिकाले प्रयोग गर्नुपर्छ भन्ने पाठको सिक दियो ।
विभिन्न कथाहरु सुनेपछि हामी एउटा साझा निष्कर्षमा पुगेका छौँः
१) हाम्रो अपेक्षा पुरा नहुँदा हामी निराशा महसुस गछौँ ।
२) बढ्ता सोच्नु, मुडमा परिवर्तनहरु अनुभव गर्नु र निराशा महसुस गर्नु सामान्य हो ।
३) सबैले सोच्दछन् कि अन्य व्यक्तिहरुको जीवन अलि राम्रो र उनीहरुको जस्तो छैन ।
४) जीवन योजना अनुसार चल्दैन ।
५) पागल हुनु ठीक छ र यो स्वाभाविक हो ।
६) त्यस्ता कुराहरुमा सहभागी हुनुहोस् जसले तपाईलाई खुशी बनाउँछ ।
७) जीवनमा निराशा महसुस गर्नु र चुनौतीहरुको सामना गर्नु असल हुन्छ ।
८) चुनौतीहरुलाई जीवनको एक हिस्साको रुपमा स्वीकार्नुहोस् ।
९) एक र केवल कारक जसले तपाईलाई बलियो बनाउँछ, त्यो “तपाई” नै हुनुहुन्छ ।
१०) पानीको अनुभव गर्नको निम्ति मरुभूमिमा हुनु ठीक छ ।
यस सत्रमा हाम्रो मध्यस्थकर्ताले उहाँको जीवनको कथा भन्दा किशोरावस्थाको बारेमा साझा गर्नुभयो । उहाँको कथाले हाम्रो जीवनमा ठुलो सकरात्मक प्रभाव पा¥यो र हामीलाई जीवनमा आइपर्ने हरेक समस्याहरु हाँसोको साथ सामना गर्नुपर्छ भन्ने महत्वपूर्ण पाठ सिकायो ।
हाम्रो मध्यस्थले यस यात्राको सुरुवाद देखि नै हाम्रो जीवनमा ठूलो प्रभाव पार्दै आउनुभएको छ । उहाँ एक हंसमुख र दमदार व्यक्ति हुनुहुन्छ, जो फाइटब्याकको मार्केटिङ्ग म्यानेजर हुनुहुन्छ, जसको लक्ष्य भारत र नेपालभर रहेको यौन हिंसाको जोखिम कम गर्नु हो ।
जब साँझ ५ः३० बज्यो तब हामीले आफ्नै सुरको पोजद्वारा सामूहिक फोटो खिची, सत्रलाई एक सकरात्मक पक्ष र हरेक नकरात्मक पक्षलाई सकरात्मक र सुन्दर चीजमा रुपान्तरण गर्ने पतिज्ञाको साथ अन्य गर्यौँ ।
मेरो बारेमा कुरा गदैं, म साक्षी वाग्ले हुँ, सत्रको एक सहभागी र ब्लग लेख्दा र यो अद्भुत शक्तिशाली केटीहरुसँग राम्रो समय बिताउँदा मलाई सँधै खुशी लाग्दछ ।

साक्षी वाग्लेद्वारा लिखित ।
आस्था श्रेष्ठद्वारा ­(लोकोपकार) सम्पादित ।